spot_img

नेकपा (एकीकृत समाजवादी)को पोलिटव्यूरो बैठक बस्दै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पोलिटव्युरो बैठक केहीबेरमा बस्दै छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा मन्त्रीहरुले राखेका सर्तहरुको बारेमा छलफल हुने जनाइएको छ । यसअघि केन्द्रीय कमिटीको बैठकले हालका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । तर उक्त निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन हुन दिएका थिएनन् ।

आजको बैठकमा हालका मन्त्रीहरुले पार्टी समक्ष राखेको सर्तका विषयमा पनि छलफल हुने प्रमुख खतिवडाले जानकारी दिए ।

सरकारमा सहभागी मन्त्रीहरुले नयाँ मन्त्रीहरु पठाउँदा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने सर्त अघि सारेका थिए ।

नेकपा एकीकृत समाजवादीको शनिबार भोलि केन्द्रीय कमिटी बैठक बस्नेछ । त्यस्तै असार १३ र १४ गते केन्द्रीय परिषदको बैठक बोलाइएको छ ।



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर