spot_img

थुलुङ दूधकोशीको बजेट रु. ५१ करोड ८३ लाख ९६ हजार



सोलुखुम्बु । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ५१ करोड ८३ लाख बढी बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष असिम राईका अनुसार पालिकाको दोस्रो गाउँ सभाको पहिलो अधिबेशनबाट संघ, प्रदेश र आन्तरिक अनुमानित आम्दानीको अधीनमा रही आर्थिक वर्ष २०७९/८० का लागि ५१ करोड ८३ लाख ९६ हजार ४ सय रुपैयाँको बजेट ल्याइएको हो ।

सशर्त अनुदान २५ करोड २ लाख, संघीय समानीकरण अनुदान १४ करोड २१ लाख, राजस्व बाँडफाँड ८ करोड ५५ लाख ९३ हजार, समपुरक अनुदान एक करोड १० लाख, विशेष अनुदान ५० लाख, प्रदेश सरकारको समानिकरण अनुदान ७८ लाख १६ हजार रुपैयाँको बजेट ल्याइएको छ ।

त्यस्तै, राजस्व बाँडफाँड २८ लाख ४३ हजार र आन्तरिक आम्दानी एक करोड ८ लाख ४३ हजार गरी ५१ करोड ८३ लाख ९६ हजार ४ सय रुपैयाँको बजेट ल्याइएको छ ।

सोही अवसरमा गाउँपालिका उपाध्यक्ष सविता राईले गाउँसभामा नीति तथा कार्यक्रम पनि पेश गरेकी छन् । नीति तथा कार्यक्रममा तेलमा आत्मनिर्भर बन्ने, कृषि एम्बुलेन्स सञ्चालन गर्ने, खानेपानी बोर्ड गठन गर्ने समावेश गरिएको छ ।

त्यस्तै, यो वर्षभित्र सबै गाउँमा राष्ट्रिय प्रशारण लाइन विद्युत विस्तार गरी उज्यालो गाउपालिका घोषणा, विधुत बस सन्चालनको लागि चार्जिङ स्टेसन निर्माण, गाउँपालिकालाइ प्रविधि मैत्री बनाउनेलगायत पनि कार्यक्रममा समावेश गरिएका छन् ।



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर