spot_img

माधव नेपालप्रति गोकुलको कटाक्ष – ‘माकुराले आफ्नै माउ खान्छ‍‍‍‍.., बल्ल पर्‍यो माकुरी जालैमा’



काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाललाई लक्षि गर्दै माकुराको संज्ञा दिएका छन् ।

नेता बास्कोटाले सामाजिक संजालमा स्टाटस लेख्दै माकुराको बच्चाले जालोमा सिकार नपाएपछि अन्तिममा आफ्नै माउलाई खाने टिप्पणी गरेका हुन् ।

उनले नेकपा एसका सांसदहरुलाई शिखण्डीको भरिया बनेकाहरु बल्ल माकुराको जालमा परेको भन्दै गीतको सानो अंशसमेत अटाएका छन् ।

‘माकुराको बच्चाले जालोमा शिकार नपरेपछि अन्तिममा आफ्नै माऊको शिकार गरेर पेट भर्छ। शिखण्डीको भरिया बन्याथ्यो। बल्ल परो नीरमाया माकुरी जालैमा,’ उनले स्टाटसमा भनेका छन् ।

नेकपा एकीकृत समाजवादीमा अध्यक्ष नेपालको निर्णयप्रति असन्तुष्टि जनाउदै सरकारमा सहभागी मन्त्रीहरुले विद्रोह गरिरहेका छन् ।

उनीहरु पार्टीको निर्णय नमान्ने भन्दै आफूहरुलाई पार्टी नेतृत्वले अपराधिजस्तै व्यवहार गरिरहेको भन्दै आपत्ति जनाइरहेका छन् ।



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर