More

    संघीय र प्रदेशसभा निर्वाचनमा कांग्रेसको चलाखी चल्दैन : नेता पुन

    Must Read

    सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले संघीय र प्रदेशसभा निर्वाचनमा सरकारको नेतृत्व गरिरहेहको गठबन्धनको मुख्य राजनीतिक दल नेपाली कांग्रेसको चलाखी नचल्ने बताएका छन् । स्थानीय तह निर्वाचनमा चलाखी गरेपनि संघीय र प्रदेश सभा निर्वाचनमा कांग्रेसको चलाखी नचल्ने बताएका हुन् ।

    शनिबार सिन्धुपाल्चोकको चौतारामा आयोजित माओवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि आयोजित कार्यक्रममा बोल्दै नेता पुनले यस्तो बताएका हुन् । स्थानीय निर्वाचनमा कांग्रेसले आफू जित्ने ठाउँमा माओवादीलाई अरुसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरुसँग गठबन्धन गर्ने अनि आफू जित्ने ठाउँमा एक्लै निर्वाचनमा गएर चलाखी गरेको उनको धारणा छ ।

    नेता पुनले भनेका छन्, ‘स्थानीय तह निर्वाचनमा कांग्रेसले गठबन्धनको नाउँमा चलाखी गरेको देखियो । आफू जित्ने ठाउँमा माओवादीलाई अरुसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरुसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिंगल लड्ने गरेको देखियो । अब आउने निर्वाचनमा कांग्रेसको त्यस्तो चलाखी चल्दैन ।’

    कांग्रेसले यसरी चलाखी गरेको भएपनि कांग्रेससँगको गठबन्धनको औचित्य नसकिएको बताउँदै गठबन्धनलाई निरन्तरता दिने पक्षमा माओवादी केन्द्र रहेको बताए । साथै उनले सम्मनजनक गठबन्धन नभए टुट्न सक्ने चेतावनी पनि दिएका छन् ।

    उनले फेरि भने, ‘केपी ओली प्रवृत्तिको कारण संविधान र लोकतन्त्र नै खतरामा परेको अवस्थामा गठबन्धन बनेको थियो । र अझै जरुरी रहेको छ । आगामी निर्वाचनमा वाम गठबन्धनको चर्चा चलेपनि केपी ओली प्रवृत्ति रहेसम्म त्यो सम्भावना छैन ।’



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This