spot_img

आगामी निर्वाचनमा राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने अध्यक्ष थापाको दाबी



सुदूरपश्चिम । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउने निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका छन् ।

शनिबार धनगढीमा आयोजित राप्रपा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले आगामी संसदीय निर्वाचनमा पार्टीका पक्षमा कम्तीमा तीन प्रतिशत समानुपातिक मत पु¥याएर राष्ट्रिय पार्टी बनाउने योजना रहेको बताए ।

पार्टीलाई स्थापित गर्न नेता कार्यकर्तामा धैर्यता, मेहनत र दृढसाहसको जरुरत भएको बताउँदै थापाले भने, ‘‘पार्टीलाई अग्रणी शक्ति बनाउने र नेपाललाई हिन्दूराष्ट्र बनाएर मात्र राजनीतिबाट विश्राम लिने आफ्नो चाहना छ ।’’

यसैबीच राप्रपा नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी धनगढीका ललित जोशीलाई दिइएको छ ।



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर