spot_img

ट्रक महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ निर्वाचित



ललितपुर । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५औं साधारण सभा तथा सातौँ महाधिवेशनबाट महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचन परिणाम अनुसार राजेन्द्रकुमार श्रेष्ठलाई पराजित गर्दै हिरालाल श्रेष्ठ आगामी ३ बर्षे कार्यकालका लागि महासंघको अध्यक्षमा विजयी भएका हुन् ।

श्रेष्ठले १ सय २८ मत प्राप्त गर्दा पराजित श्रेष्ठले ४७ मत मात्र पाए । महासंघको वरिष्ठ उपाध्यक्षमा लोकराज पोख्रेल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा विष्णु न्यौपाने र कृष्णहरि जिसी क्रमश १ सय ३४ र १ सय ५ मत ल्याई विजयी भएका छन् । महासंघको महासचिवमा राजेन्द्र विक्रम बानियाँ दोस्रोपटक पनि निर्विरोध निर्वाचित हुन् सफल भएका छन् । सचिवमा १ सय ३८ मत प्राप्त गरि उमेशचन्द्र मजगैयाँ विजयी भएका हुन् ।

त्यस्तै कोषाध्यक्षमा ओमकृष्ण कार्की निर्विरोध निर्वाचित भएका छन् । महासंघको सह–कोषाध्यक्ष ७९ मत ल्याई राजन केसी निर्वाचित भएका छन् । महाधिवेशनले ७ जना प्रदेश संयोजक सहित १६ सदस्सीय महासंघको नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रदेश १ मा विद्यापति उपाध्याय,मधेश प्रदेशमा ध्रुव अर्याल,बागमती प्रदेशमा अर्जुन बहादुर सापकोटा,गण्डकी प्रदेशमा विकास थापा, लुम्बिनी प्रदेशमा यम प्रसाद पाण्डे, कर्णाली प्रदेशमा प्रकाश अधिकारी र सुदूरपश्चिम प्रदेशमा मेघराज भट्ट निर्विरोध निर्वाचित भएका छन् ।

महाधिवेशनमा अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र सह–कोषाध्यक्ष निर्वाचित गर्न मतदान भएको थियो भने अन्य पदमा पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
महाधिवेशनमा महासंघमा आबद्ध देशभरका झन्डै ५ सय ट्रक व्यवसायीले सहभागिता जनाएका थिए ।



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर