More

    नेपाली क्रिकेट विकासका लागि सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

    Must Read

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाली क्रिकेट विकास लागि सधै सहयोग गर्न तयार रहेको बताएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आर्थिक नियन्त्रण पूर्ण रुपमा हटाएसँगै क्यानमाथिको सम्पूर्ण निलम्बन फुकुवा भएको छ ।

    यसबारे शनिबार आईसीसीका प्रतिनिधिले नेपालमाथि लगाएको आंशिक आर्थिक नियन्त्रण फुकुवा भएको औपचारिक जानकारी गराएको हो । आईसीसीका प्रतिनिधि इमरान ख्वाजाले नेपालले पूरा गर्नु पर्ने सबै प्राबधान चरण बद्ध तरिकाले पूरा गरेको भन्दै फुकुवा भएको बताए ।

    साथै सरकारी स्तरबाट पनि नेपाली क्रिकेटमा टट्कारोको रुपमा रहेको भौतिक पूर्वाधारका लागि सरकारले चासो देखाएको इमरान ख्वाजा सकारात्मक देखिएका थिए । शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको थियो ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टकाका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा कोठारीको उपस्थिति थियो ।

    क्यानमा राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिता कायम नभएको भन्दै आईसीसीले सन २०१६ अप्रिलमा निलम्बन गरेको थियो । यद्यपी नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाउँदै आएको थियो । २०७६ असोजमा सम्पन्न विशेष साधारण सभामार्फ चतुरबहादुर चन्द नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो ।

    त्यसपश्चात आईसीसीले क्यानमाथि लगाएको निलम्बन सर्त राख्दै फुकूवा गरेको थियो । आईसीसीले क्यानको आर्थिक गतिविधिमा नियन्त्रण गरेकाले आर्थिक मामिलामा आईसीसीको भर पर्नुपर्ने अवस्था नेपाली क्रिकेटमा थियो । अब अब भने आर्थिक गतिविधिसहितको सबै निलम्बन हटेको र क्यानले आफ्नो योजना स्वतन्त तरिकाले अगाडि बढाउन पाउने नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले बताए ।

    नेपाली क्रिकेट संघमाथिको निलम्बन फुकुवा देखि नै संघको निर्वाचित कार्यसमितिले आइसिसीको सम्पूर्ण मापदण्डहरूलाई क्रमश पूरा गर्दै आर्थिक पारदर्शितामा उत्कृष्ट कार्यसम्पादन गरेको मूयांकनका आधार बनाएको थियो ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This