More

    सहज च्यालेन्ज फण्डका लागि आवेदन खुल्यो

    Must Read

    काठमाडौं । नेपाल कृषि बजार विकास कार्यक्रम (NAMDP) र आईडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड ‘दोश्रो चरण’का लागि आवेदन खुल्ला गरिएको छ । यही असार ९ गते बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको घोषणा गरिएको हो ।

    पत्रकार सम्मेलनमा कृषि मन्त्रालय प्रदेश १ का सचिव मेगनाथ तिमलसिना, पशुपन्छी तथा मत्स्य बिकाश निर्देशानलयका प्रमुख डा. पशुपती ढुंगाना, खाद्य प्रविधि तथा गुण नियन्त्तण कार्यालयका प्रमुख राज कुमार रिजाल, मोरंग व्यापारिक संघका नवनिर्वाचित अध्यक्ष नविन रिजाल, कृषि बजार विकास कार्यक्रम (NAMDP) का टिम लिडर रिक भेन डर क्याम्प, व्यवसाय सक्षम वातावरण र संघीय राज्य भवनका प्रबन्धक विष्णुप्रसाद काफ्ले, कृषि सेवा कृषि सेवा व्यवस्थापककी प्रबन्धकसुभेच्छा श्रेष्ठ, कृषि सेवा दीर्घकालीन परामर्शदाताका उत्कर्ष प्रसाद, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, मिडियाकर्मीहरु, आईडिया स्टुडियो नेपालका कर्मचारीसहित ५० भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको थियो ।

    दूग्धजन्य उत्पादनमा नवीनतम सोच भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित संस्थाहरुले यसमा आवेदन दिन सक्नेछन् । आवेदकहरुले प्रदेश नम्बर १ मा दूग्धजन्य उद्योग क्षेत्रमा पहिचान भएका दूग्धजन्य उत्पादन विविधिकरणसँग सम्बन्धित चुनौतीहरुलाई सम्बोधन गर्ने समाधान प्रस्तुत गर्नुपर्नेछ । आवेदन मिति २०७९ श्रावन ६ गतेसम्म दिन सकिनेछ ।

    आवेदकहरुको नवीनतम सोच दूग्धजन्य उत्पादन सम्बद्ध नवप्रवर्तनात्मक, समाधानमुखी र व्यवसायिक सम्भाव्यता भएको हुनु पर्नेछ । सहज च्यालेन्ज फण्ड को दोस्रो चरणको कुल बजेट २ करोड नेपाली रुपैयाँको हुनेछ । यस फण्ड अन्तर्गत निजी व्यवसाय तथा उद्यमीहरुले न्यूनतम ५ लाखदेखि ५० लाख नेपाली रुपैयासम्म प्राप्त गर्नेछन् ।

    यसरी छनौट गरिएका आवेदकले नगद राशीसँगै व्यवसाय अगाडि बढाउन एक वर्षसम्मका लागि विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउन सक्नेछन् । कार्यक्रममा सहज च्यालेन्ज फण्डको जिङ्गल, पोस्टर तथा वेबसाइट (www.sahajcf.com) समेत सार्वजनिक गरिएको थियो ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This