spot_img

बजेट बढाउने आफ्नो मागलाई मन्त्रिपरिषदले समेत चासो नदिएको मन्त्री आलेको आरोप



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बजेट बढाउने आफ्नो मागलाई मन्त्रिपरिषद्ले समेत चासो नदिएको आरोप लगाएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री आलेले पर्यटन मन्त्रालयको समस्या समाधान गर्न र पर्यटनस्म्बन्धी विकासका कार्यक्रम अघि सार्न बजेटको माग गर्दा नदिएको गुनासो गरे ।

उनले बारम्बार मन्त्रीपरिषद्को बैठक र अर्थमन्त्रीलाई पर्यटन मन्त्रालयको बजेट बढाउन आग्रह गर्दा आफ्नो सल्लाह सुनुवाई नभएको गुनासो गरेका हुन् । मन्त्री आलेले परिणाम स्वरुप मन्त्रालयले चाहेर पनि विभिन्न विषयगत शीर्षकमा बजेट विनियोजन गर्न नसकेको बताए ।

उनले भने, ‘कतै बजेट दोहोरोपन भएको, बजेट छुट्न गएका क्षेत्र लगायत कार्यक्रमसमेत संशोधन गर्न सकिनेछ । तर मेरो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिलिङ विगतभन्दा करिव साढे १० अर्बले घट्न गएको हुनाले बारम्बार मान्य अर्थमन्त्रीले भेटेर, क्याबिनेटको मिटिङमा कुरा राख्दा पनि सुनुवाई भएन ।’

उनले फेरि भने, ‘त्यसले पनि थुप्रै मान्यज्यूहरुले राखेको प्रश्नमा मैले बजेटको व्यवस्थापन गर्न सकिनँ । यदी बजेट प्राप्त भएको भए अवश्य पनि माग सम्बोधन हुनेथियो । १० लाख पर्यटन भित्र्याउन सहजै सम्भव देखिन्छ ।’

मन्त्री आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिलिङ विगतभन्दा करिव साढे १० अर्बले घटेको बताए । उनले नेपालमा आगामी आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउन सहजै सम्भव रहेको पनि स्पष्ट पारे ।



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर