More

    लोसपा नेपाल र लोक दलबीच एकता घोषणा, यस्तो छ ४ बुँदे सहमति–पत्र

    Must Read

    • महेश्वर के.सी.

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र लोक दलबीच एकता भएको छ । आइतबार लोसपा नेपालको काठमाडौंस्थित कार्यालयमा पार्टी एकताको घोषणा गरिएको हो । घोषणा कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेर मधेश तथा समग्र देश र जनताको अधिकार प्राप्तिको संघर्षलाई थप उचाईमा पु¥याउन दुई पार्टीबीच एकता घोषणा गरिएको जानकारी गराइएको छ ।

    चार बुँदे सहमति–पत्रमा लोक दलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को नाम, झण्डा र छाप स्वीकार गर्ने, लोक दलबाट आएका नेता तथा कार्यकर्ताहरूलाई सहमति अनुसारको स्थान र सम्मान लोसपा नेपालमा प्रदान गर्ने, जिल्लादेखि केन्द्रसम्मका लोक दलका सबै संगठनहरुलाई लोसपा नेपालमा समायोजन गर्ने र लोक दलबाट आएका नेता तथा कार्यकर्तालाई आगामी संघ र प्रदेशको निर्वाचनमा लोसपा नेपालको प्रत्यक्ष एवं समानुपातिक उम्मेदवारीमा समुचित स्थान दिइने उल्लेख छ ।

    दुई पार्टीबीचको चार बुँदे सहमति पत्रमा लोसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र लोक दलका तर्फबाट अध्यक्ष कौशल कुमार सिंहले हस्ताक्षर गरेका हुन् ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This