More

    सबै नेताहरुले घमण्ड त्यागेर समीक्षा गर्न जरुरी रहेको छ : शेरबहादुर तामाङ

    Must Read

    काठमाडौं । नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले सबै नेताहरुले घमण्ड त्यागेर समीक्षा गर्न जरुरी रहेको बताए । उनले कम्युनिष्टहरुको जनमत लगभग दुई तिहाइ भएपनि विभाजित हुँदा त्यसको अर्थ नदेखिएको बताए । उनले एकीकृत समाजवादी पार्टीले एकता गर्ने कुरा राखिएका शर्तहरुमा छलफल हुन जरुरी रहेको बताए ।

    आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद तामाङले भने, ‘सबै कम्युनिष्ट पार्टीहरुमा इगो हुन्छ । इगो त्याग्नुपर्छ । एमालेले यस्तो गरेको छ, भन्ने दोषहरु लगाउनुभएको छ । यसमा समीक्षा त जरुरी छ । नेपालको कम्युनिष्ट आन्दोलनमा अचाक्ली समीक्षा जरुरी छ ।’

    उनले थपे, ‘लगभग दुई तिहाई जनमत छ कम्युनिष्ट पार्टीसँग तर टुक्रिएर बसेका छन् । उहाँहरुले औपचारिक निर्णय गरेर आउने हो भने एमालेसँग वार्ताका लागि उहाँहरुले राखेको कतिपय शर्तहरु हो होइन, त्यसको पुष्टिपनि हुन जरुरी छ । त्यसबाट निस्किएको आधारमा अघि बढ्न सकिन्छ होला ।’

     



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This