More

    वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो : श्रममन्त्री श्रेष्ठ

    Must Read

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमीकको संख्या बढिरहेको बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमीकको संख्या बढिरहेको बताएका हुन् ।

    उनले कोरोना संक्रमणपछि पुरानै लयमा कामदार पठाउने मुलुकमा नेपाल अग्रस्थानमा रहेको बताए । मन्त्री श्रेष्ठले कामदार विदेश पठाउने कुरा पछिल्ला ४ वर्ष निरन्तर घटेकोमा यो वर्ष २०७४ साल अघिको अवस्थामा पुगेको बताए ।

    उनले अघिल्लो वर्ष २ लाखले कमी आएको यो वर्ष ३ लाख ६८ हजारले वृद्धि भएर ५ लाख ३४ हजार बढीले श्रम स्वीकृति लिएको बताए । मन्त्री श्रेष्ठले देशमा ठूलो संख्यामा विप्रेषणमा आश्रित परिवार रहेको र मुलुकको वैदेशिक मुद्रा आर्जनको प्रमुख श्रोत वैदेशिक रोजगारी भएको भन्दै विप्रेषण अप्रवाहमा वृद्धि हुने अपेक्षा गर्न सकिने बताए ।

    उनले भने, ‘पछिल्लो समय वैदेशिक रोजगारी फेरि पुरानै लयमा फर्किसकेको छ । वैदेशिक रोजगारीमा जाने श्रमीकको तथ्यांक हेर्ने हो भने पछिल्ला ४ वर्ष निरन्तर घटेकोमा यो वर्ष हामी २०७४ साल अघिको अवस्थामा पुगेका छौँ । अघिल्लो वर्ष २ लाखले कमी आएको यो वर्ष ३ लाख ६८ हजारले वृद्धि भएर ५ लाख ३४ हजार बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा श्रमीक पठाउने मुलुकहरुमध्ये महामारीपछि पुरानै लयमा फर्किएको देशमा नेपाल अग्र स्थानमा छ ।’

    उनले थप भने, ‘ठूलो संख्यामा विप्रेषणमा आश्रित परिवार रहेको र मुलुकको वैदेशिक मुद्रा आर्जनको प्रमुख श्रोत वैदेशिक रोजगारी भएको कारणले विप्रेषण अप्रवाहमा वृद्धि हुने अपेक्षा गर्न सकिन्छ । विप्रेषणले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान गरेको छ । मुलुकभित्र उल्लेख्यमात्रामा रोजगारी अवसर सिर्जना नभइसकेको वर्तमान अवस्थामा वैदेशिक रोजगारीको माध्यमबाट भएपनि जनताले जीवनस्तरमा सुधार गरिरहेका छन् ।’

    मन्त्री श्रेष्ठले जेठ मसान्तसम्म मन्त्रालयमा आएका १७ हजार ३४७ वैदेशिक समस्यालाई समाधान गरिएको पनि जानकारी दिए ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This