spot_img

थप ४१ जनामा कोरोना पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१ जनामा कोभिड–१९ (कोरोनाभाइरस) को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ३५८ जनामा पीसीआर परीक्षण गर्दा ३६ जना र एन्टिजेन परीक्षण गर्दा ५ जना गरि ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौँ जिल्लाका रहेका छन् ।

काठमाडौंमा १८ जनामा सङ्क्रमण पुष्टि हुँदा ललितपुरमा ३ जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा थप २० जना सङ्क्रमणमुक्त भएका छन् भने निको हुने दर ९८.८ प्रतिशत रहेको छ ।

 

 



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर