More

    भारतीय लुटेराले गाडीमा लिफ्ट मागे, कर्मचारीलाई नै बाँधेर कुटपिट गरी गाडी लुटेर भागे

    Must Read

    कैलाली । भारतीय लुटेरको एक समूहले गाडीमा लिफ्ट माग्दै उल्टै गाडी लुटेर लगेका छन् । डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कर्मचारीमाथि कैलालीको गोदावरीमा उक्त आक्रमण भएको हो ।

    यसरी आक्रमणमा पर्ने कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी रहेको खुलेको छ । उनलाई महेन्द्रनगरदेखि गाडीमा लिफ्ट मागेर चढेका तीन जना भारतीय लुटेराले गोदावरी आइपुग्दा हातखुट्टा बाँधेर कुटपिट गरी फालिदिएका थिए । लुटेराको समूहले गाडी र पैसा लुटेर लगेको कैलाली प्रहरीले जनाएको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घुम्न आएको बहानामा उनीहरुले गाडीमा लिफ्ट मागेका थिए । गोदावरीको उकालोतिर पुगेपछि भण्डारीलाई हातखुट्टा र मुखमा बाँधेर कुटपिट गरी गुडुल्काइदिएको र गाडी चाहिँ लुटेर लगेको बुझिएको छ । फाेटाे खिचिदिनु पर्याे भनेर गाडीमाबाट झरेपछि अाक्रमण भएकाे हाे । स्थानीयले भण्डारीको उक्त हालत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    घाइते अवस्थामा भेटिएका भण्डारीलाई अहिले उद्धार गरेर पद्या अस्पतालमा उपचार गराइरहेको बताइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This