More

    कसैले राजीनामा माग्दैमा दिइँदैन : अर्थमन्त्री शर्मा

    Must Read

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटको विषयलाई लिएर आफूले राजीनामा नदिने बताएका छन् । सोमबार राष्ट्रियसभाको बैठकमा बजेटबारे सांसदहरुले उठाएको प्रश्नमा कसैले राजीनामा माग्दैमा आफूले राजीनामा नदिने बताएका हुन् ।

    ‘बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन । मेरो निर्णयमा म जवाफदेही छु । बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ ।’

    करको दर रेट घटाउने र बढाउने विषयमा विरोध गर्नुको कुनै औचित्य नभएको पनि उनले बताएका छन् । करको दायरा घटाउने र बढाउने विषय अर्थ मन्त्रालयको क्षेत्राधिकार पर्ने र उक्त काम नियमित भइरहेको पनि उनले बताए ।

    ‘करको दर घटाउने निर्णयले उद्योग क्षेत्र, मुलुक र जनतालाई हित भन्ने कुरा प्रधान हो । तर घटाउन पाइन्न भन्न पाइन्न । कसरी अर्थमन्त्री अनैतिक भयो ? मेरो अधिकारको कुरा हो । यसलाई कथा बुनेर अन्यत्र लैजानु हुन्न ।’



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This