More

    संसद बैठक बस्दै, नागरिकता विधेयक पेश हुने

    Must Read

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ ।

    आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्व विद्यालय विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने साथै ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र डा.भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

    बैठकमा गृहमन्त्री वालकृष्ण खाँडले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्ने, राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९’ संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने, ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This