काठमाडौं । झण्डै तीन वर्षदेखि रिक्त प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुने ।
सभामुख अग्नि प्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख चयनका लागि निर्वाचनको मिति तोकेका हुन् ।
सभामुख सापकोटाले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई उपसभामुख चयनबारे सूचना प्रकाशित गर्न समेत निर्देशन दिएका छन् ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि उक्त पद रिक्त छ ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्