More

    नेरु २० लाख सहित दुईजना भारतीय नागरिक पक्राउ

    Must Read

    मुलुक दर्पण संवाददाता
    वीरगंज, २९ असार ।
    हुण्डी कारोबार गरेको अभियोगमा दुईजनालाई २० लाखसहित पर्सा प्रहरीले पक्राउ गरेको छ ।
    रक्सौलबाट वीरगंजतर्पm आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक भारत, विहार, रक्सौल–२० बस्ने वर्ष २८ को संजीत कुमारलाई नगदसहित मंगलवार प्रहरी चौकी इनर्वाले वीरगंज–१६ रजतजयन्ती चोकबाट पक्राउ गरेको जिप्रका, पर्साले जनाएकोछ । संजीतले खल्ती र कम्मर पेटीमा पटुका बाँधी तथा हेलमेटको भित्री भागमा लुकाएको नेरु २० लाख बरामद भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका २४ वर्षीय अनुराग मिश्रलाई पनि पक्राउ गरी दुवैजनालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा आज पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थमाएर अनुसन्धान बढाइएको जिप्रका, पर्साले जनाएकोछ ।
    यसैबीच भन्सार छलेर नेपाल ल्याएको चार लाख ७८ हजार मूल्य बराबरको कपडा र खाद्यान्न साामग्री प्रहरीले बरामद गरी वीरगंज भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This