spot_img

काम गर्न नदिने हो भने फेरि तेस्रोपटक सभापति बन्छु : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई काम गर्न नदिइएको खण्डमा फेरि तेस्रोपटक पार्टी सभापति हुने बताएका छन् ।

बुधबार केन्द्रीय समिति बैठकमा डा. शेखर कोइराला पक्षले आफूविरुद्ध भेला गरेपछि सभापति देउवाले आफूलाई काम गर्न नदिइएको खण्डमा फेरि पार्टी सभापति बन्ने बताए ।

उनले भने, ‘‘तपाईँहरुले मलाई काम गर्न दिनु भएन भने पार्टीको विधान संशोधन गरेर मैले तेस्रो पटक सभापति उठ्नुपर्ने अवस्था आउन सक्छ ।’

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कोइराला पक्षले पार्टी प्यालेसमा आफूविरुद्ध भेला गरकोमा रोससमेत प्रकट गरेका छन् । साथै, आफूविरुद्ध यसरी नै भेला गरिएको खण्डमा सभापति हुने उनको आशय थियो ।

सभापति देउवाले आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीलाई पहिलो बनाएर योग्य मान्छेलाई पार्टी जिम्मा लगाउन चाहेको पनि बताएका छन् । साथै, चुनावमा गठबन्धन नगरी चुनाव नजितिने पनि उनले ठोकुवा गरे ।



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर