More

    झापा विद्रोहका योद्धाले पाए नयाँ घर

    Must Read

    • युवराज आचार्य,

    झापा । झापा विद्रोहका योद्धा मानकुमार तामाङले नँया घर पाएका छन् । विद्रोहका क्रममा डेढ दशकभन्दा बढी समय जेल जीवन बिताएका अर्जुनधारा नगरपालिका–१ का तामाङ आर्थिक अवस्था कमजोर हुँदा पछिल्लो समय पुरानो जिर्ण घरमा बस्न बाध्य थिए ।

    देशका लागि लडेका योद्धाको बुढेशकालमा बाँस बस्नका लागि पनि समस्या रहेको देखेर स्थानीय लेखक र पत्रकारहरूको सक्रियतामा उनलाई पक्की घर बनाइदिएका हुन् । उक्त नवनिर्मित नँया पक्कीघर गुरुपूर्णिमाको अवसर पारेर आज तामाङलाई हस्तान्तरण गरिएको पत्रकार तीर्थ सिग्देलले जानकारी दिए । विसं २०२८/२९ को झापा विद्रोहका क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका थिए ।

    जीर्ण अवस्थाको कच्ची घरमा बस्दै आएका उनले नयाँ घर पाएपछि खुसी व्यक्त गरेका छन् । ‘व्यवस्था परिवर्तनका लागि जेलनेल भोगेर फर्किँदा जुन खुसी मिलेको थियो, आज नयाँ घरमा प्रवेश गर्दा उस्तै महसुस भएको छ’, उनले भने, ‘परिवर्तनमा जीवन बिताएका योद्धाहरूलाई राज्यले अझै हेरेको छैन, यस्तो अवस्थाको अन्त्य होस् ।’

    विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले राजनीतिक पीडितका लागि केही राहतस्वरुप उपलब्ध गराएको रु ७० हजारले पाँच कठ्ठा ऐलानी जग्गा किनेर बसेको उनले सुनाएका छन् ।

    लामो समय जेल जीवन बिताएका योद्धाको अवस्था दयनीय देखेपछि सहयोगका लागि अभियान चलाइएको घर निर्माण समितिका सदस्य सिग्देलले बताए । ‘अभियान चलाएपछि विभिन्न दाता, पत्रकार, लेखकको पहल र सहयोगमा घर निर्माण भएको हो’, उनले भने ‘घर निर्माणमा अहिलेसम्म १० लाख खर्च भइसकेको छ, घरमा चाहिने आवश्यक सरसामान पनि जुटाउने कोसिस गरिरहेका छौँ ।’

    योद्धा तामाङको घर निर्माणमा पत्रकार सिग्देलसँगै लेखक कुमार भट्टराई, दीपिन राईलगायतका सञ्चारकर्मी रहेका थिए ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This