More

    सभापति देउवालाई नेता निधीको सुझाव, ‘पार्टीभित्र गठबन्धन गर्नुहोस्’

    Must Read

    काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीभित्र गठबन्धन गरेर अघि बढ्न सुझाव दिएका छन् । बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

    नेता निधीले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भएपनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताए । उनले आगामी प्रदेश र संघको निर्वाचनमा काँग्रेसलाई बुहमतको पार्टी बनाउनुपर्नेमा जोड दिए । नेता निधीले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएका नेताहरुलाई पनि पार्टी सभापतिले अबका दिनमा समेटेर जान सुझाव दिएको बताए ।

    उनले अहिलेको अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा भइरहेकोले राम्रो बनाएर अघि बढ्न र अर्थतन्त्रमा धेरै संकटलाई काँग्रेसले नै समाधान गरेर अघि बढ्नुपर्ने कुरा प्रधानमन्त्रीसँग आग्रह गरेको बताए ।

    उनले भने, ‘आगामी संसद र प्रदेशको चुनाव पनि तपाईले गराउनु मेरो समर्थन छ भनेँ । गठबन्धन र चुनावी तालमेल फरक फरक कुरा हुन् । सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक छ । चुनावी तालमेलको लागि स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्यो । त्यो सुखद् छ । अब संसदको निर्वाचनमा र प्रदेशको निर्वाचनमा त्यो भन्दा बढ्ने उद्देश्य लिएर हामीले काम गर्नुपर्छ भनेर आग्रह गरेँ । अब पहिलो पार्टी मात्रै होइन, बहुमतीय पार्टी बन्नुपर्छ भनेर आग्रह गरेँ ।’

    उनले फेरि भने, ‘स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएर कतिपय ठाउँमा स्वतन्त्र भएर नेपाली काँग्रेसका साथीहरुले नै जितेका छन्, उनीहरुलाई पनि समेटेर अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा भइरहेको छ । यसलाई ध्यानमा राखेर एउटा विदेश नीति नेपाली काँग्रेसले दिशा लिनुपर्छ भन्ने आग्रह गरेँ । अर्थतन्त्रमा धेरै संकट आएको छ यसलाई पनि समाधान गर्न आग्रह गरेँ । अरु दलसँग त गठबन्धन गरेका छौँ तर पार्टीभित्र पनि गठबन्धन चाहिएको छ, आवश्यक छ । नेपाली काँग्रेसभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई पनि एकीकृत गरेर लैजान चुनावमा जित्न सहयोग गर्छ यसलाई तपाईको काम भएकोले आफूले काम गरेर लैजानुस् भनेँ ।’

    नेता निधीले नेपाली काँग्रेसभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई पनि एकीकृत गरेर लैजान आवश्यक रहेकोले पार्टी सभापतिले भूमिका खेल्नुपर्ने बताए ।

     



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This