spot_img

सर्लाहीको मलंगवाबाट स्रोत नखुलेको रकमसहित भारतीय युवक पक्राउ



  • रीतिक अधिकारी,

सर्लाही । सर्लाही सदरमुकाम मलंगवाबाट प्रहरीले स्रोत नखुलेको रकमसहित एक जना भारतीय युवकलाई पक्राउ गरेको छ । भारतीय नागरिक भारत जिल्ला सीतामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा–११ बस्ने वर्ष ३० को विजय ठाकुर पक्राउ परेका हुन् ।

ठाकुरलाई बीआर ३० एक्स ५५४४ नम्वरको भारतीय मोटरसायकलमा भारततर्फबाट आउँदै गर्दा मलंगवा नगरपालिका–८ स्थित गोरखकालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरक्षिक प्रविण पोख्रेलले जानकारी दिए ।

उनले हेलमेटभित्र लुकाएर ल्याएको स्रोत खुल्न नसकेको ५ लाख ११ हजार ५०० सय नेपाली रुपैयाँ र ५ हजार भारतीय रुपैयाँ बरामद भएको सर्लाही प्रहरीका जनाएको छ । प्रहरीका अनुसार ठाकुर आज दिउँसो ३ बजेतिर गोरखकालीबाट पक्राउ परेका हुन् ।

सर्लाहीमा एक साताअघि मात्रै सशस्त्र प्रहरीले स्रोत नखुलेको ५ लाख बढी रकमसहित त्रिभुवननगर नाकाबाट अर्का एक भारतीय युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर