spot_img

    प्रचण्ड ३ दिने भ्रमणमा भारत जाँदै



    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड ३ दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।

    प्रचण्डको सचिवालयकाअनुसार उनलाई दिल्लीस्थित भाजपा मुख्यालयमा स्वागत गरिने छ । भाजपा अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमै भेटवार्ता हुने छ । भेटमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित शीर्षस्थ नेताको उपस्थिति हुने बताइएको छ ।

    भ्रमणका क्रममा प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतका विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने/नहुने निश्चित छैन । प्रचण्डले दिल्ली बसाईका क्रममा एक सेमिनारमा प्रमुख वक्ताको रूपमासमेत सहभागी हुने बताइएको छ ।

    स्वकीय सचिव रमेश मल्लकाअनुसार अध्यक्ष प्रचण्ड साउन १ गते स्वदेश फर्कनेछन् ।



    Source link

    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर