More

    विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले बृद्धि : वैदेशिक रोजगार विभाग

    Must Read

    काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले बृद्धि भएको बताएका छन् । शुक्रबार विभागमा वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७८/७९ वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले यस्तो बताएका हुन् ।

    उनले चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८ हजार भन्दा माथि पुगेको बताए । उनले चालु आर्थिक वर्षमा अहिलेसम्मकै धेरै श्रम स्वीकृति दिइएको बताए । उनले अहिले पनि अन्तर्राष्ट्रिय मुलुकमा वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा नआइसकेको भएपनि नेपालको वैदेशिक रोजगारको अवस्था पूर्ण रुपमा लयमा फर्किएको बताए ।

    महानिर्देशक पौडेलले २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरेर यो वर्षसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको बताए । उनले ७१ लाख श्रम स्वीकृतमा ६७ लाख पुरुष र ३ लाख महिलालाई श्रम स्वीकृत दिएको बताए । महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा मात्रै गत आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार बढी रहेको बताए ।

    उनले भने, ‘अहिलेसम्मको सबैभन्दा धेरै श्रम स्वीकृत यो आर्थिक वर्षमा भएको छ । अहिले अन्तर्राष्ट्रिय देशहरुको चिन्ता के छ भने वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा आउन सकेको छैन । २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरिरहेका छौं । अहिलेसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको छ । यो भनेको रि इन्ट्रि समेतको गरेर हो । यसमा ६७ लाख पुरुष र ३ लाख महिला हुनुहुन्छ । श्रम स्वीकृति २०७३ देखि निरन्तर ओरालो लागि रहेको छ । अहिले २०७८ असारदेखि २०७९ असार ३० गतेसम्म गत वर्ष भन्दा ४ लाख ६१ हजारले बढको देखिन्छ । यो वर्ष ६ लाख २८ हजार श्रम स्वीकृति पुगेको अवस्था छ । अहिले वैदेशिक रोजगारी सन्तोकजन रुपमा अगाडि बढेको देखिन्छ ।’

    त्यस्तै महानिर्देशक पौडेलले विभागले सबै प्रकारका श्रम स्वीकृति अनलाइन प्रणालीबाट सञ्चालन गरेकाले एक वर्षमा ४५ प्रतिशत कार्यालयमा भीडभाड कम गरिएको बताए । उनले सबै प्रकारका श्रम स्वीकृतिहरु अनलाइन भएकाले कर्मचारीदेखि सुशासनमा समेत सुधार भए सेवाग्राहीहरुको समय र लागत कम भएको दाबी गरे ।
    महानिर्देशक पौडेलले विभागले सक्कली पीडित भन्दापनि नक्कली पीडित ३० प्रतिशत उजुरी लिएर आउनेगरेको बताए । उनले अहिले नक्कली पीडितलाई विभागले निरुत्साहित गर्दै लगिएको बताए ।

    उनले भने, ‘२०७८ माघ २ गतेबाट पुनःश्रम स्वीकृतिलाई पूर्ण अनलाइन गरौं । जसबाट ४५ प्रतिशत वैदेशीक रोजगार विभागमा काम गर्ने भीडभाड कम भयो । अहिले सबै प्रकारका श्रम स्वीकृतिहरु अनलाइन भएको छ । यसले केही न केही कर्मचारीदेखि सुशासनमा समेत सुधार हुँदै आएको छ । सेवाग्राहीहरुको समय र लागत कम भएको छ । नक्कली पीडितहरुलाई निरुत्साहित गरिएको छ । वैदेशिक रोजगारी विभागमा उजुरी गर्ने आउने सबै पीडित हुन् सबै उजुरी सक्कली हुन् भन्ने लाग्नसक्छ । तर हाम्रो अध्ययनले २५ देखि ३० प्रतिशत पीडितहरु नक्कली पीडितहरु हुन् ।’

    उनले फेरि भने, ‘उनीहरु नक्कली पीडित भएको बहानामा कसैलाई फसाउनको लागि,हुँदै नभएको कारोबार वैदेशिक रोजगारमा ल्याएर जोडेर सेन्टीमेन्ट गर्न लगायतको लागि नक्कली पीडित आउने गरेका छन् । अहिले हामीले सक्कली पीडितको दुध र पानी छानेजस्तै नक्कली पीडितहरुलाई कारबाही गर्न काम गरेका छौं । सक्कली पीडित वैदेशीक रोजगारी विभागको समस्या होइन । सक्कली पीडितका समस्याहरु सजिलै समाधान हुन्छन् । अहिले १० लाख भन्दा बढीको कारोबार सम्पती सुदृढीकरणलाई बुझाउने गरेका छौं ।’

     



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This