spot_img

    बौद्ध पिपलबोटमा खैरो हिरोइनसहित चारजना पक्राउ



    काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध पिपलबोटमा लागुऔषध कारोबारमा संलग्न चार जनालाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बुका २६ वर्षीय नीमा लामा, मोरङ शनिश्चरेका २९ वर्षीय किसान आङदेम्बे, रामेछापका ३५ वर्षीय कृष्णबहादुर मगर र मोरङ शनिश्चरेका २६ वर्षीय मणिराज सुब्बा रहेका छन् ।

    ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले अवैध रुपमा लागुऔषध बोकेर बिक्री वितरण गर्न हिँडेको अवस्थामा बौद्धबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।



    Source link

    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर