
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले हतियार खरिद गर्ने योजना तत्कालका लागि रोकिएको बताएका छन् । शनिबार नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा गृहमन्त्री खाँणले । हतियार खरिद गर्नु आवश्यक भएपनि तत्कालका लागि उक्त योजना रोकिएको बताएका हुन् ।
हतियार खरिदका लागि सरकारसँग आवश्यक रकम नभएको पनि गृहमन्त्री खाँणले बताए । यसअघि कांग्रेसका नेता शेखर कोइरालाले हतियार खरिद गर्नु आवश्यक नरहेको बताएका थिए ।
सोही बैठकमा गृहमन्त्री खाँणले आगामी निर्वाचनमा माओवादीको रणनीतिबारे पनि प्रसंग निकालेका थिए ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्