spot_img

बामपन्थी राजनीतिक दललाई ओलीकाे आग्रह, ‘देशको पक्षमा, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔं’



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन बामपन्थी राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । काँग्रेसको पुच्छर बनेर हिँड्ने, अनि बामपन्थीबीच एकता गरेर जाने कुरा भने हुनै नसक्ने अध्यक्ष ओलीको भनाइ थियो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बामपन्थी एकताका लागि ओलीलाई आग्रह गरेका थिए । त्यसको जवाफ दिँदै उनले काँग्रेस नेतृत्वको सरकार छाडेर आएमात्रै बामपन्थी दलहरुबीच एकताका लागि आफू र आफ्नो पार्टी तयार हुने सर्त तेस्र्याएका हुन् ।

अध्यक्ष ओलीले कम्युनिष्ट नेतृत्वको सरकार ढालेर हिँडनेहरु बामपन्थी हुनै नसक्ने जिकिर गर्दै यदि छन भने एकताका लागि आफू तयार रहेको पटकपटक बताए । उनले काँग्रेसलाई छोडेर बाम एकताका लागि आउने हो भने आफूले मुलुकको हितमा काम गर्ने सरकार बनाउन चाहेको पनि बताए ।

अध्यक्ष ओली भने, ‘नेपालमा बामपन्थी पार्टीहरु छन भने काँग्रेसका पछि नलाग्न, गठबन्धन छोडन, देशघाती काम नगर्न, अनि एसपीपी नगर्न र बामपन्थी एकतामा आउन आग्रह गर्दछु । चौंरीको पुच्छरजस्तो काँग्रेसको पुच्छर भएर हिँडने अनि बामपन्थी पार्टी भनेर हुन्छ ? खै, बामपन्थी पार्टी ? कम्युनिष्ट सरकार ढालेर काँग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ भनेर अदालतमा धाउनेहरु बामपन्थी ? म आग्रह गर्न चाहन्छु–कोही बामपन्थी हुनुहुन्छ भने आउनुस, गल्ती भइहाल्यो छोडिदिऊ । एमालेसँग मिलेर काँग्रेस विरोधी होइन, देशको पक्षमा, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔं ।’

ओलीले नेपालको इतिहासमै सबैभन्दा बढी मुलुकको राष्ट्रियता र स्वाभिमानमाथि हुर्मत लिने काम गरेको भन्दै सरकारको चर्को आलोचना गरे । २००७ सादेखि २०१२ सालसम्म पनि नेपालको राष्ट्रियमाथि ठूलै प्रहार गरेको उल्लेख गर्दै उनले त्यसयता वर्तमान काँग्रेस नेतृत्वको सरकारले पनि मुलुकको राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाए ।

अध्यक्ष ओलीले भने, ‘हाम्रो देशशक्ति बनावटी कुरा होइन । हुनुहुँदैन । बनावटी कुराले राष्ट्रहितको संरक्षण र सम्वद्र्धन गर्न सकिदैन । अहिलेको सरकारको हालत हुन्छ बनावटी कुरा ग¥योभने । असंलग्न भन्दै ग¥यो, ढल्किन हुन्न भन्दै ग¥यो, पूरै ढल्क्यो । अहिलेकै सरकारको हालत हुन्छ क्या । नेपालको विदेशी नीति २००७ देखि २०१२ सालसम्म धेरै तल गयो । त्यसपछि बढ्दै घटदै आयो होला । अहिलेको समयमा यो गठबन्धन सरकारले जति सात १२ पछि अहिले जति राष्ट्रियताको, स्वाभिमानको, हााम्रो भौगोलिक अखण्डताको, हाम्रो स्वतन्त्रताको, हाम्रो सार्वभौमसत्ताको अपमान र हुर्मत कहिल्यै पनि भएको थिएन । प्रमाणसम्मत कुरा गरौैन । तथ्यसम्मत कुरा गरौन । सात सालपछि सम्झौता कसकसले गरे, केके गरे ? नेपाली काँग्रेसका नेताहरुलाई सम्झौंताबारे थाहा पनि छैन होला ।’

तथ्य र प्रमाणहरु आफूसँग भएको उल्लेख गर्दै ओलीले नाकाबन्दी र नेपालको नक्सा राष्ट्रको हितमा परिवर्तन गर्दा आफूले दुई पटकनै सरकारको नेतृत्व छोडनु परेको गुनासो समेत गरे ।

 

 



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर