More

    नवनिर्वाचित उपसभामुख पुष्पा भुसालद्वारा पदभार ग्रहण

    Must Read

    काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले उपसभामुखको पदभार ग्रहण गरेकी छन् । आइतबार राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पदभार ग्रहण गरेकी हुन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई शपथग्रहण गराएका थिए । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले आफ्नो कार्यकालमा संविधानअनुसार काम गर्ने बताइन् ।

    उनले उपसभामुख बनेपछि आफ्नो जिम्मेवारी बढेको महशुस गरेको बताइन् । उपसभामुख भुसालले संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुख पदबाट अपेक्षा गरेको भूमिका इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिवद्धता जनाइन् । उनले सदनलाई प्रभावकारी ढंगबाट अघि बढाउन आफ्नो महत्वपूर्ण भूमिका हुने बताइन् ।

    उनले भनिन्, ‘छोटो समय भएपनि जिम्मेवारीका साथ काम गर्नेछु । जिम्मेवारी बढेको महशुस गरेकी छु । संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुख पदबाट अपेक्षा गरेको भूमिका इमान्दारिताका साथ काम कारबाही अघि बढाउनेछु । सदनलाई पनि प्रभावकारी ढंगबाट अघि बढाउन ३÷४ महिना जतिको समय छ, त्यो समय अत्यन्त महत्वपूर्ण रहनेछ । त्यही अनुसार भूमिका निर्वाह गर्नेछु ।’

    उपसभामुख भुसाल गत शुक्रबार नेकपा एमालेकी सांसद विद्या भट्टराईलाई पराजित गर्दै गठबन्धनको तर्फबाट उपसभामुखमा निर्वाचित भएकी थिइन् ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This