spot_img

प्रचण्ड गर्मी विद्यालय सञ्चालन, महानगरले कारबाही गर्ने चेतावनी



वीरगंज, १ साउन ।
विगत एक सातादेखि अचाक्ली गर्मी बढेको छ । बिहानैदेखि दिनभरि चर्काे घाम लाग्ने, दिउँसो तातो हावा र रातभर घरभित्र गुम्सनुपरेकाले कठिन भएको छ ।

अहिले दैनिक जिल्लाको तापक्रम ३८/४० डिग्रीसम्म पुग्ने गरेको छ । अत्यधिक गर्मीका कारण बिना काम मानिसहरू घर बाहिर निस्कन सकेका छैनन् ।

तर यसैबीच वीरगंजका निजी तथा सामुदायिक विद्यालयहरु सञ्चालन भइरहेका छन् । वीरगंज महानगरपालिकाले बिदाको निर्णयको अवज्ञा गर्ने विद्यालयलाई कारबाई गरिने भएपछि पर्साका निजी तथा सामुदायिक विद्यालयहरुले सोको अटेर गरी विद्यालय सञ्चालन गरिरहेका छन् ।

पर्सामा अहिले भीषण गर्मी छ र बढ्दै गएको गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै वीरगञ्ज महानगरपालिकाले साउन १ गतेदेखि २० गतेसम्म वर्ष बिदाबाट कटौती हुने गरी गर्मी विदाको निर्णय गरेको हो । तर उक्त निर्णयलाई मान्न केही विद्यालयहरूले आनाकानी गरीरहेका छन् । उक्त निर्णयको अवज्ञा गर्ने विद्यालयलाई कारबाई गरिने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले जनाएका छन् ।

गर्मीका कारण बिहानैदेखि जिल्लाको गाउँँ टोल र शहर बजार सबै सुनसान देखिन्छ । गमीले बालबालिका र बृद्धबृद्धालाई बढी असर हुनाका साथै गर्मीका कारण ज्वरो, झाडापखाला, टाईफाईडजस्ता बिरामीको संख्या बढ्दै गइरहेको स्थानीयबासीले बताए ।यसैगरी घमौरा र अन्य छालाजन्य रोगले पनि जिल्लाबासीलाई सताउन थालेको छ ।

गर्मीका कारण गाउँँ गाउँँमा रहेका पोखरी, तलाउ, इनार र नदीहरू पनि सुकिसकेकाले मानिससहित पशुपंक्षीलाई खाने पानीको समस्या उत्पन्न भएको उनीहरूको भनाइ थियो । धान बालीको लागि समेत पानी नपर्दा रोपाइँ नभएर कतिपय खेती बाँझो रहेको छ भने बजारमा हरियो सागसब्जी पाउन पनि मुस्किल भएको छ ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर