More

    न्यूज २४ कर्मी कविन्द्र शेर्मालाई फोनिजकाे हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार

    Must Read

    काठमाडौं । न्यूज २४ पाँचथर संवाददाता कविन्द्र शेर्मालाई नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले ५० हजारकाे राशीसहित पुरस्कृत गर्ने भएको छ ।

    फोनिज शाखा पाँचथरको मंगलबार बसेको बैठकले जिल्लाकै अग्रज पत्रकार शेर्मालाई ‘फोनिज पत्रकारिता पुरस्कार–२०७९’ प्रदान गर्ने निर्णय गरेको हो ।

    हरेक वर्ष आदिवासी जनजाति पत्रकारहरुलाई वितरण गर्नेगरी यसै वर्षबाट ५ लाख रुपैयाँको अक्षय कोषसमेत स्थापना भएको फोनिज जिल्ला शाखा अध्यक्ष रामचन्द्र बम्जनले जानकारी दिए ।

    शेर्मालाई प्रदान गर्न लागिएको यो पुरस्कार सम्भवत फोनिजले प्रदान गर्ने देशभरकै सबैभन्दा ठूलो राशी भएका अध्यक्ष बम्जनले दाबी गरे ।

    फोनिजको २३औँ स्थापना दिवसका अवसरमा साउन २७ गते फिदिममा एक कार्यक्रमकाबीच आयोजना गरि पुरस्कार वितरण गरिनेछ ।

    फोनिजका संस्थापक अध्यक्षसमेत रहेका शेर्मा पाँचथर मिडिया प्रा.लि.का अध्यक्ष पनि हुन् । शेर्माले पाँचथर जिल्लाको संचार क्षेत्रमा अतुलनीय योगदान गरेका छन्। उनी करिब २ दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

    त्यस्तैगरी फोनिज नवोदित प्रोत्साहन पत्रकारिता पुरस्कार स्थानीय संचारकर्मी सुनिता खजुमलाई प्रदान गरिने  अध्यक्षा बम्जनले बताए ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This