More

    प्रतिनिधि सभा बैठक जारी, दुई विधेयक पारित

    Must Read

    काठमाडौं । प्रतिनिधि सभा बैठकले तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाको बुधबार बसेको बैठकले राष्ट्रिय सभाको सन्देश सहितको तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको हो ।

    त्यस्तै बैठकले राष्ट्रिय सभाको सन्देश सहितको शपथ सम्बन्धी विधेयक, २०७९ लाई पनि बहुमतले पारित गरेको छ । त्यसैगरी खानेपानी तथा सरसफाई विधेयक, २०७७ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि सर्वसम्मतिले स्वीकृत गरिएको छ ।

    प्रतिनिधि सभाको बैठक जारी छ । हाल काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि दफाबार छलफल प्रारम्भ भएको छ ।

     



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This