More

    सप्तरीको दलित बस्तीमा आगलागी हुँदा ११ घर जलेर नष्ट

    Must Read

    सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दलित बस्तीमा आज आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ । डाक्नेश्वरी नगरपालिका–३ स्थित दलित बस्तीमा भएको आगलागीमा ११ परिवारको घर जलेर नष्ट भएको नगर उपप्रमुख मीरा यादवले जानकारी दिइन् ।

    आगलागीबाट गुलदेव सदा, वासुदेव सदा, कैलु सदा, रामसुन्दर सदा, भिखारी सदा, नेहारी सदा, गौतम सदा, सोनी सदा, चन्दन सदा, श्रवण सदा र श्याम सदाको घर जलेर नष्ट भएको नगर उपप्रमुख यादवले बताइन् ।

    आगलागीबाट घर, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर र पशु चौपायासहित लाखौँको धनमाल जलेर नष्ट भएको पीडितले बताएका छन् । डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख यादवले आज आगलागी पीडितसँग भेटघाट गरी नगरपालिकाले तत्काल राहतको व्यवस्था मिलाउने बताइन् ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This