spot_img

मधेश सरकारलाई प्रभु साहको प्रश्न, ‘समानुपातिक समावेशी सहभागिताको सिद्धान्तलाई पालना गर्नु पर्दैन ?’



  • अनमोल कार्की,

रौतहट । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले मधेश प्रदेश सरकारले संविधानमा उल्लेख गरे बमोजिमको समानुपातिक समावेशी सहभागिताको सिद्धान्तलाई पालाना नगरेको जिकिर गरेका छन् । रौतहटको चन्द्रपुरमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनले जानाजान संविधानको अपमान गरेको बताए ।

‘मधेश प्रदेशमा आदिवासी जनजाती छन् कि छैनन् ?’ उनले प्रश्न गर्दै भने, ‘सरकारमा एकजना थारु, जनजाती नअटाउने यो सोच, यो अधिकार तपाइलाई कसले दियो ?’ संविधानको विपरीत यस्तो क्रियाकलाप गर्न पाउँछ ?’

उनले गठबन्धनले देशको लोकतान्त्रिक मान्यताहरुको हत्या गरेर अगाडि बढिरहेको भन्दै जनताको निर्वाचित सरकारलाई ढालेर परमादेशी सरकार गठन गरेर लोकतन्त्रको पिल्लर भत्काउन सुरु गरेको बताए । मधेश सरकार मधेशको विकासमा भन्दापनि भष्ट्रचारमा चुर्लुम्म डुबेकाले अबको निर्वाचनमा जनताले मधेश प्रदेशमा नेकपा एमालेको सरकार बनाउने विश्वास व्यक्त गरे ।

‘मधेश सरकार कुनै व्यक्तिको सरकार होइन्, यो संवैधानिक मान्यतामा आधारित सरकार हो’ उनले भने, ‘उसले यसरी समानुपातिक समावेशी सहभागिताको अधिकारको अपमान गर्न पाउँदैन् ।’ ‘बेटी पढाओ, बेटी बचाओ’ को ठूलाठूला नारा र पोष्टर लगाएर हल्ला गर्ने गर्ने मधेश सरकारमा एकजना महिला मन्त्री नहुनु महिलाहरुको अपमान भएको भन्दै गठबन्धनले महिलालाई महिलाको संवैधानिक हकबाट पनि बञ्चित गराएको उनको भनाइ थियो ।

उनले मधेश प्रदेशमा पहाडि समुदायको पनि बाक्लो उपस्थिति भएपनि आजसम्म मधेस सरकारमा एकजना पनि पहाडी समुदायबाट मन्त्री नबन्नु दुःखद् भएको भन्दै मधेश सरकारमा खुलेयाम समावेशी सहभागिताको उपहास भइरहेको जिकिर गरे ।

‘म नेपाली कांग्रेसलाई प्रश्न गर्न चाहन्छुँ, अरु त क्षेत्रिय पार्टी तपाई त राष्ट्रिय पार्टी हो तपाईले आफ्नो पार्टीबाट किन पहाडीयालाई मधेश सरकारमा सहभागिता गराउनु भएन ?’ उनको प्रश्न थियो । उनले केपी ओली नेतृत्वको सरकारले समग्र मधेशको विकासको लागि धेरै दुरगामी महत्वपूर्ण कामहरु गरेको दाबी गर्दै सो सरकारले सुरु गरेका कामहरु गठबन्धनको सरकारले रोकेको आरोप लगाए ।

भेलाले रामबाबु चौधरीको अध्यक्षता, मुना लामिछाने (मगर)को उपाध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको नेकपा एमालेका जिल्ला कमिटी सदस्य यमलाल गोलेले जानकारी दिए ।



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर