More

    कालिञ्चोक पहिरो : थातथलो छोडेर विस्थापित हुनेको ओइरो

    Must Read

    • सुशिला कार्की,

    दोलखा । कुनै समय हराभरा रहेको दोलखाको कालिञ्चोक गाउँपालिका–५ को लापिलाङ्ग बस्ती अहिले रानीवन पहिरोले उजाडिएको छ । पहिरोको कारण करिब २ सय घरधुरी विस्थापित भइसकेका छन् । बाँकी पनि अनिश्चित भविष्यसँगै दिन काट्न वाध्य छन् । उनीहरुको दैनिकी डरत्रासमै बित्ने गरेको छ ।

    केही वर्षदेखि सो गाउँमा पहिरोले दुःख दिन थालेपछि स्थानीय आफ्नो थाँतथलो छाडेर सुरक्षित स्थानतर्फ बसाँइसराइँ गरेर जान थालेका हुन् । अहिले पनि सो क्षेत्रमा दैनिक जसो सानो ठुलो पहिरो जाने गरेको छ । पहिरो गर्दा बसाँइ सरेर जानेको संख्या वर्षेनी बढिरहेको छ ।

    बसाँइ सरेर जानेले गर्दा गाउँ सुनसान बन्दै गएको छ । सिंगो गाउँनै बसाइँ सरेर गएपछि त्यहाँ परापूर्व कालदेखि मनाउँदै आएका जात्रा, चाडपर्व र संस्कृतिहरु पनि विस्थापित भएका छन् ।

    गाउँमा पहिरो जाने क्रम नरोकिएपछि गाउँमा बस्दै आइरहेकाहरु पनि के गर्ने, के नगर्ने दोसाँधमा छन् । उनीहरु पहिरोले आफ्नो घर बगाएको टुलुटुलु हेरेर बस्न बाध्य छन् । आफ्नो बस्ने बास र खेती गर्ने जमिन बगाएपछि अब कसरी जीविका टार्ने भन्ने चिन्ताले उनीहरुलाई सताइरहेको छ । भूकम्पले कमजोर बनेको भूधरातलमा पहिरो तथा वर्षासँगै आउने पानीको भेलले कुनबेला पुरिने हो, कुनबेला बगिने भन्ने स्थानीयको पिडा छ ।

    लापिलाङ्ग वस्ती रानी वन पहिरो नियन्त्रण र रोकथाम गर्न भन्दै गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारले १ करोड ८६ लाख छुट्टाएको थियो । यसरी छुट्टाएको वजेट ७ वटा छुट्टाछुट्टै उपभोक्ता समिति बनाएर काम गर्दा काम प्रभावहिन देखिएको छ । सामान्यतया मध्यम तथा ठुला योजनाहरु टेन्डरमार्फत गर्नुपर्ने नीति भए पनि कार्यकर्ता पोस्न उपभोक्ता समिति बनाएर झारो टार्ने काम मात्र भएको स्थानियको आरोप छ ।

    अहिले सो स्थानियको दैनिकी पहिरो हेर्दैमा बितिरहेको छ । पहिरोले घर जग्गा बगाएपछी स्थानीय अलपत्र छन् । उनीहरु छिमेकीको घरमा शरण लिएर बसिरहेका छन् । आफुहरुलाई सुरक्षित स्थानमा स्तान्तरण गर्न तीनै तहको सरकारले चासो नदिएको स्थानीयको गुनासो छ ।

    यता, स्थानीय सरकार भने पहिरो नियन्त्रण र बस्ती स्थानान्तरणको काम आफूहरुको क्षमताभन्दा बाहिर भएकाले भन्दै केन्द्र तथा प्रदेश सरकारमा पहल गरिरहेको बताउँछ ।

    सरकारले पहिरो नियन्त्रणका लागि उपभोक्ता समितिको नाममा ठगी खाने मेलो नगरी प्रभावकारी काम गर्न आवश्यक छ ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This