More

    कलिंग साहित्य महोत्सव पहिलोपल्ट काठमाडौंमा हुँदै

    Must Read

    काठमाडौँ । भारतको प्रतिष्ठित साहित्यिक महाेत्सव ‘कलिंग साहित्य महोत्सव’को पहिलो अन्तर्राष्ट्रिय संस्करण काठमाडाैँमा हुने भएको छ । ओडिसाको राजधानी भुवनेश्वरमा विगत १० वर्षदेखि मनाउँदै आएको उक्त उत्सव भारतकै प्रमुख साहित्य महोत्सवमध्ये एक हो ।

    कलिंग साहित्य महोत्सवका संस्थापक निर्देशक रश्मी रञ्जन परिडाको परिकल्पना र संयोजनमा भुवनेश्वरपछि पहिलोपल्ट काठमाडौंमा  आयोजना गर्न लागिएको हो ।

    काठमाडौंमा हुने फेस्टिभलमा भारत र नेपालका साहित्य कला र संस्कति क्षेत्रका व्यक्तिको सहभागिता रहने छ । भारतबाट कम्तीमा ३० जना प्रसिद्ध लेखकको सहभागिता रहने छ । नेपालका ७० र भारतका ३० प्रतिशत वक्ताहरूको सहभागिता रहने गरी कार्यक्रमको खाका रहने जनाइएकाे छ । महाेत्सपको छलफल र बहसको मुख्य विषय नेपालको कला-संस्कृति र साहित्य रहनेछ । नेपालको अनलाइन हिमालयन डायरी र राष्ट्रिका साहित्य प्रतिष्ठानको सहकार्यमा उक्त महाेत्सव गर्न लागिएको हो ।

    महोत्सवले नेपाल र भारतबीचको साहित्यिक, संस्कृतिक, धार्मिक गातिविधिलाई अझ मजबुत बनाउने र साहित्य र संस्कृतिको आदानप्रदान गरी नेपाली साहित्यलाई व्यापक र सम्बन्धमा अझ मधुरता ल्याउन सहयोग पुर्याउने अपेक्षा छ ।

    भारतका प्रसिद्ध साहित्यकारहरु रञ्जित राय लेखक तथा भुतपूर्व राजदुत, गीताञ्जली श्री (इन्टरनेशनल बुकर अवार्ड विजेता) अशोक बाजपेयी वरिष्ठ साहित्यकार, अरुण कमल वरिष्ठ साहित्यकार, मृदुला गार्ग वरिष्ठ साहित्यकार, समिर ( प्रसिद्ध गीतकार), मालिनी अवस्थी यतिस कुमार, आसुतोष राणा, दिप्ति नवल आदि लगायतका भारतीय प्रसिद्ध हस्तिको सहभागिता रहने छ ।

    यसैगरी नेपालका प्रसिद्ध साहित्यकारहरु सत्यमोहन जोसी (वरिष्ठ साहित्यकार तथा संस्कृतिविद्) डा. जगमान गुरुंग, डा. वासुदेव त्रिवाठी वरिष्ठ साहित्यकार, तुलसी दिवस वरिष्ठ कवि,माया ठकुरी वरिष्ठ कथाकार, हिरण्य कुमारी पाठक वरिष्ठ साहित्यकार, डा. अभि सुवेदी वरिष्ठ साहित्यकार, अशेष मल्ल (वरिष्ठ नाटककार) बसन्त चौधरी वरिष्ठ कवि तथा गीतकार लगायतका धेरै साहित्कारहरुको सहभागिता रहने छ ।

    दुई दिनसम्म चल्ने उक्त कार्यक्रमका प्रमुख संयोजक राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरे, निर्देशक संयोजक रञ्जना निरौला तथा राष्ट्रिका साहित्य प्रतिष्ठानका सम्पूर्ण सदस्यहरु रहेका छन् ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This