More

    यो गठबन्धन एमालेलाई बुहमतबाट रोक्नका लागि हो : अध्यक्ष ओली

    Must Read

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बहुमत आउनका लागि रोक्नका लागि सत्तारुढ गठबन्धनले सक्दो प्रयास गरिरहेको बताएका छन् । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले जति प्रयास गरेपनि नेपाली जनता आफ्नो पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिन दृढ रहेको दाबीसमेत गरेका छन् ।

    लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेको नीति र संगठनमा आबद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आम जनता दृढ रहेको जिकिर समेत गरे । सेना र प्रहरी समेत नेकपा एमालेको नेतृत्वमा मात्रै मुलुक अगाडि बढ्छ भन्ने विश्वासमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट सत्तारुढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागि रहेको आरोप समेत लगाए ।

    उनले भने, ‘तराई मधेशलाई झुक्याउन खोजियो । तराई मधेशलाई झुक्याएर गलत बाटोमा लान खोजियो । आज तराई मधेश जागरुक भएको छ । र, सही बाटो पहिल्याउँदै अगाडि बढेको छ । पाँच दलीय गठबन्धन । अझ त्यो नपुगेर त्यसलाई विस्तार गर्नका लागि कँुदिराखेका छन । कहिले आठ दलीय गठबन्धन बनाउने, कहिले के बनाउने भनेर । यो गठबन्धन किन बनाउनु प¥यो ? यति साह्रो गठबन्धन किन बनाउन प¥यो । आफ्नो आफ्नो चुनाव लडेर सरकार हुन्थ्यो तर उहाँहरुलाई एमालेले बहुमत ल्याईहाल्छ अनि सरकार के मिलेर बनाउने र । त्यसकारण एमालेलाई बहुमतबाट रोक्नका लागि अहिले सबै प्रयास ।’

    उनले थपे, ‘यो गठबन्धन, सठबन्धन सबै एमालेलाई बुहमतबाट रोक्नका लागि हो । बहुमत ल्याउनबाट रोक्नका लागि यो सबै भएको हो । तर म जहाँ जान्छु । जहाँ पुग्छु । जुन भेगका जनतासँग भेट्छु । अन्तरक्रिया गर्छु, कुराकानी गर्छु । संवाद गर्छु । म त्यहाँ देख्छु–जनता समृद्ध नेपालः सुःखी नेपाली बनाउनका निम्ति कृत संकल्पित छन । जनता दृढ अठोटका साथ अघि बढेका छन । र, यो काम नेकपा –एमाले)को अगुवाईमा मात्रै हुन सक्दछ । नेकपा एमालेको नीति र संगठनका आवद्ध भएर मात्रै यी कामहरु हुन सक्दछ भनेर जनताले भनेका छन् । लोकतान्त्रिक शेर्पा संघले पनि यही भनेको छ ।’

    उनले फेरि भने, ‘यहि उद्देश्य प्राप्तीका लागि अहिले हाम्रा कलाकार भर्खर सानी बहिनी नाचेर जानु भयो । यही भावका साथ नाच्नु भयो । देशको मुहार फेर्नका लागि, समृद्ध नेपाल सुःखी नेपाली बनाउनका लागि नेकपा एमालेलाई जिताउनु छ । सूर्य चिन्हमा छाप लगाउनु छ भनेर उहाँ जानु भयो । आज कलाहरुको भावना, साहित्यकारहरुको भावना अथवा मजदुरहरुको भावना, किसानहरुको भावना, व्यापारीहरुको भावना, वास्तविक उद्यमी, व्यवसायीहरुको भावना, शिक्षकहरुको भावना, प्राध्यापकहरुको भावना, अरु कर्मचारीहरुको भावना, सेना, प्रहरीको भावना, सबै भावना एउटै छ–नेकपा –एमाले विजयी हुनुपर्दछ । यो बिल्कुलै सही र सत्य कुरा हो । नेकपा एमाले विजयी हुनुपर्दछ । एमाले विजयी हुनका लागि एमाले विजयी हुनुपर्ने होइन । यस देशलाई ओरालो लाग्न नदिन, यस देशलाई अघि बढाउन, यो देशलाई माथि उठाउनका लागि नेकपा एमाले चाहिन्छ ।’

    त्यस्तै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले विजयी हुनैपर्ने दोहो¥याए । देशलाई माथि उठाउनका लागि एमालेको विकल्प नभएको उनको तर्क थियो ।

     



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This