More

    राजनीति उमेरले नभएर विचारले गर्ने हो : सम्मानित नेता खनाल

    Must Read

    • युवराज आचार्य,

    झापा । नेकपा (एकीकृत समाजवादी पार्टी)का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजनीति उमेरले नभएर विचारले गर्ने बताएका छन् । पछिल्लो समय देशका ७० बर्ष नाघेका शीर्ष नेताहरुले सक्रिय राजनीतिबाट सन्यास लिनुपर्ने आवाज उठिरहेको बेला नेता खनालले सो कुरा बताएका हुन् ।

    शनिबार झापाको विर्तामोडमा समाजवादी प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो उम्मेद्वारी इलाम क्षेत्र नं १ बाट नै रहने बताएका छन् ।

    कार्यक्रममा बोल्दै उनले ईलामेली जनताले फेरि एक पटक उठ्न आग्रह गरेको हुनाले चुनावमा उठ्न लागेको बताए ।

    कार्यक्रममा समाजवादीका जिल्ला अध्यक्ष बेदराज रेग्मी, पार्टिका केन्द्रीय सदस्य शारदा घिमिरे, जिल्ला उपाध्यक्ष प्रत्युस राना, जिल्ला सचिव विपि भट्टराई, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तिर्थ सिग्देललगायतको आतिथ्य रहेको थियो ।

    कार्यक्रमको सञ्चालन समाजवादी प्रेस संगठन झापाका जिल्ला उपाध्यक्ष दीलिप थापाले गरेका थिए ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This