More

    सार्वजनिक विदाको दिन साकेला गाउँपालिकाले गर्‍यो वृक्षरोपण

    Must Read

    खोटाङ । जिल्लाको साकेला गाउँपालिकाले शुक्रबार (सार्वजनिक विदाको दिन) वृक्षरोपण गरेको छ । हिजो रक्षा बन्धन/गाइजात्रा/ऋषितर्पणीको अवसरमा गाउँपालिका अध्यक्ष रविप्रकाश राई, उपाध्यक्ष विर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई तथा गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले वृक्षरोपण गरेका हुन् ।

    उनीहरुले गाउँपालिकाको कार्यालय परिसर र मानेभञ्ज्याङ बजारको वरिपरि विभिन्न किसिमका ६ सय बढी फूल तथा वोटविरुवाहरु रोपेका हुन् । गाउँपालिकाले उक्त फूलका विरुवाहरु सामूदायिक वन खोटाङका अध्यक्ष राजेन्द्र राईको सहयोगमा काठमाडौबाट ल्याइएको अध्यक्ष राईले जानकारी गराए ।

    अध्यक्ष राईका अनुसार वृक्षरोपण पश्चात् फोहोरमैला ब्यवस्थापन तथा सरसफाई कार्यक्रमसमेत गरिएको थियो । आगामी दिनमा गाउँपालिकास्थित विभिन्न सार्वजनिक स्थल, विद्यालय, सामुदायिक भवन, स्वास्थ्य चौकी, बजारक्षेत्र तथा पर्यटकीय स्थलहरुमा समेत गार्डेनिङ्ग गर्नुका साथै प्रकृतिमैत्री वातावरण निर्माण गर्न नीतिगत व्यवस्था गर्दै पालिकालाई पर्यटकीय गाउँपालिकाको रुपमा स्थापित गर्ने अध्यक्ष राईले बताए ।

    त्यस्तै अध्यक्ष राईले पालिकाको कार्यालयको अत्तिरिक्त सडक वरिपरि वनसँग सम्बन्धित माथिल्लो निकायसँग आवश्यक समन्वय र सहकार्य गरी पुनः बोटविरुवाहरु थप आपूर्ति गर्दै मुख्य सडक तथा शाखा सडकहरुलाई दीर्घकालीन रुपमा हरित सडक निर्माण गरिने बताए ।

     



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This