More

    प्रधानमन्त्री देउवासँग मुक्त कमलरीका समस्या समाधान गर्न माग

    Must Read

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल सरकार र कमलरीबीच भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न माग गरिएको छ ।

    मुक्त कमलरी विकास मञ्चको अग्रसरतामा गएको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा उहाँलाई भेटेर कमलरीका समस्या सम्बोधन गर्न आग्रह गरेको मञ्चका संस्थापक अध्यक्ष मन्जिता चौधरीले जानकारी दिए ।

    सङ्घीय सांसद शान्ता चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले तत्काल मुक्त कमलरी बस्दै आएको छात्राबासमा यसअघि सरकारले गर्दै आएको खान बस्नको प्रबन्धलाई नियमितता दिन र कमलरीका लागि स्नातक तहको छात्रवृत्ति कटौती नगर्न आग्रह गरेको हो ।

    यसबाहेक मुक्त कमलरीको पुनःस्थापनलगायत विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइएको संस्थापक अध्यक्ष चौधरीले बताए । सो अवसरमा प्रधानमन्त्री देउवाले उपरोक्त समस्या समाधानका लागि तत्काल मातहतका निकायलाई निर्देशन दिने आश्वस्त पारेका थिए ।

    सरकार र कमलरीबीच समस्या समाधानका लागि २०७४ साल जेठ २४ गते १० बुँदे सम्झौता भएको थियो ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This