spot_img

मल पाउने सहमतिमा विवाद टुंगियो



वीरगंज, ३० साउन । वीरगञ्ज महानगरपालिकाले १० हजार बोरा युरिया मल थप पाउने सहमति भएपछि आइतवार कब्जामा लिएको ४ ट्रक मल छाडिदिएको छ । बारा, पर्सा, मकवानपुर, पर्वत र कास्की जिल्लाको स्थानीय तहहरूको लागि लोड भएको युरिया मल महानगरले वडा नम्बर १६ भुटनदेवीस्थित गोदामघरवाटै नियन्त्रणमा लिइएको थियो ।

सोमवार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र कृषि सामग्री कम्पनीका प्रादेशिक प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच ५ बुँदे सहमति भएको छ । जसमा वीरगञ्ज महानगरपालिकाले यसअघि पाउने भनिएको दुर्ई हजार ७७१ बोरा मलबाहेक थप ६ हजार बोरा मल यसै साता उपलब्ध गराउने उल्लेख छ । साथै कलकत्ताबाट आयात हुने मलमध्ये ४ हजार बोरा मल वीरगञ्जलाई उपलब्ध गराउने सहमति भएको छ ।

सो सहमतिपछि वीरगञ्ज महानगरपालिकाले नियन्त्रणमा लिएको मलको ट्रक कृषि सामग्री कम्पनीको जिम्मा लगाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर