More

    गाँजा कारोबारी फरार, २०४ किलो बरामद

    Must Read

    रौतहट भदौ १३, २०७९ रौतहटको गौर नगरपालिका–२ स्थित बकैया खोला किनारमा सुरक्षाकर्मीलाई देखेपछि गाँजा कारोबारी भागेका छन् । प्रहरीले लखेटेपछि गाँजा तस्करले गाँजा फालेर भागेका हुन् । भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा कारोबारीले फालेको २ सय ४ किलो गाँजा प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट महादेवपट्टि र सशस्त्र प्रहरीको बेस क्याम्प गौरबाट खटिएको टोलीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले बताए ।
    सोमबार बिहान गस्तीमा गएको प्रहरीलाई देख्नासाथ गाँजा कारोबारीहरु १७ वटा प्लाष्टिकको पोकामा लाँदै गरेको गाँजा फालेर भागेका थिए । आरोपीहरुको खोजी भइरहेको डिएसपी मल्लले जानकारी दिए ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This