More

    वीरगंजको लक्ष्मणवामा दुई चोरद्वारा चोरीको असफल प्रयास

    Must Read

    वीरगंज, १७ भदौ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवास्थित वडाध्यक्ष रमेश यादवको घरदेखि दक्षिणपटिको टोलमा गएराति दुईजना चोरहरुले चोरीको असफल प्रयास गरेका छन् । बिहीवार राति पौने १ बजेतिर दुईजना चोरहरूले सो टोलको चार–पाँचवटा घरको अनुगमन गर्दै स्थानीय दीपेन्द्र यादवको घरमा चोरी गर्ने उद्देश्यले प्रवेश गर्न खोजेको सिसिटिभीबाट देखिन्छ । यादवको घर अगाडि मोटरसाइकल पार्किङ गरी राखेको हुनाले चोरहरूले मोटरसाइकल चोरी गर्न खोजेको देखिन्छ । सो टोलमा यसभन्दा पहिले पनि दुई चारपटक चोरहरुले चोरीको प्रयास गरेपछि स्थानीय बासिन्दा जागेर होहल्ला मच्चाएपछि चोरहरु फरार भएका थिए । सो टोलमा यसभन्दा पहिले पनि दुई तीन पटक चोरहरूले चोरी गर्ने प्रयास गरिसकेको र स्थानीयहरूले थाहा पाएपछि भगाएका थिए । प्रहरी प्रशासनको फितलो गस्तीको कारण चोरहरू अहिले वीरगंजमा सक्रिय भएका छन् । वीरगंजमा मोटरसाइकल चोरीको घटना बढिरहेको हुनाले चोरहरूले मोटरसाइकल चोर्ने उद्देश्यले आएको हुनसक्ने यादवले बताए ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This