More

    पर्सा जिल्लामा करेन्ट लागेर एकजना मिस्त्रीको मृत्यु

    Must Read

    वीरगंज, २६ भदौ । जिल्ला प्रहरी कार्यालय, पर्साले करेन्ट लागेर एकजना मिस्त्रीको मृत्यु भएको जनाएको छ । आज बिहान ७ बजेको समयमा सखुवा प्रसौनी गा.पा.वडा नं. ३ घर भई हाल वीरगंज म.न.पा.वडा नं. १३ राधेमाई बस्ने फुल महमद अन्सारीको घरमा हयाण्ड पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । सखुवा प्रसौनी गा.पा.६ लखनपुर बस्ने वर्ष २७ को ईसराईल मियाँँ ( मिस्त्री) लाई करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारको लागि वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले तराई अस्पताल पु¥याएको थियो । अस्पतालमा २७ वर्षीय मिस्त्रीको मृत्यु भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This