वीरगंज, २६ भदौ । जिल्ला प्रहरी कार्यालय, पर्साले सात लाख त्रिपन्न हजार तिन सय रकमसहित हुण्डी कारोवार गर्ने एकजनालाई पक्राउ गरेको जनाएको छ । आज दिउँसो १ः३० बजे प्र.नि. प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले वीरगञ्ज म.न.पा.वडा नं.२ श्रीराम सिनेमा हल पछाडि गोरेटो सडकखण्डबाट प्रदेश २–३–०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाईकल चेकजाँच गर्दा पोखरिया नगरपालिका वडा नं. ९ बैरिया विर्ता बस्ने वर्ष ३५ को महमद रिजवान आलमलाई उक्त रकमसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । रिजवानले जिन्स पाइन्टको खल्तीमा राखेको रु सात लाख त्रिपन्न हजार तीन सय बरामद भएपछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान भैरहेको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्