spot_img

टयाक्टरबाट लडेर चक्काले किचेर बालकको मृत्यु



वीरगंज, ७ असोज । टयाक्टरबाट लडेर एकजना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । आज बिहान ९ः३० बजे वीरगंज म.न.पा. वडा नं.२१ ताजपुरस्थित ग्रामीण सडकखण्डमा ना ३ त १४३६ नम्बरको ट्याक्टरमा सवार सोही ठाउँ निवासी संजय पासवानको छोरा वर्ष ५ को सुसिल पासवान ट्याक्टरबाट लडेपछि ट्याक्टरको चक्काले कुल्चिएर गम्भीर घाइते भएका थिए । घाइतेलाई नारायणी अस्पताल वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएकोले जिप्रका, पर्साले जनाएको छ । घटनापछि टयाक्टर छाडेर चालक वीरगञ्ज म.न.पा. वडा नं. २१ बस्ने वर्ष २८ को सुनील यादव फरार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर