More

    ८२ हजार नक्कली नोटसहित बाराबाट एक जना पक्राउ

    Must Read

    बारा, ९ असोज । बारा प्रहरीले नक्कली नेपाली रूपैंयाको नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा न.५ कनकपुर टोल बस्ने जगदेव महतो नुनिया रहेका छन् । विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीले नुनियाको घरमा सुत्ने कोठामा रहेको बाँसको मचानमाथि रहेको ओच्छयान मुनी माछा मार्ने जालभित्र लुकाइ छिपाई राखेको नेपाली नक्कली नोट बरामद गरेको हो । प्रहरीले उनको घरबाट नेपाली रू एक हजार दरको नोट–८१ थान र पाँच सय दरको नोट–३ थान गरी जम्मा ८२ हजार पाँच सय नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । बरामद नक्कली नोटसहित नुनियालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This