More

    पर्सामा चटयाङ लागेर एकजनाको मृत्यु, तीनजना घाइते

    Must Read

    वीरगंज, १० असोज । पर्सामा सोमवार बिहान चटयाङ लागेर एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार आज बिहान ६ः३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २ ईदगाह चोक स्थित छठिमाई पोखरीमा चटयाङ खस्दा वर्ष १५ को सिद्दान्त उपाध्यायको मृत्यु भएको छ भने दुईजनाको उपचार भइरहेको छ । वीरगंज महानगरपालिका वडा नं. २ बस्ने राम प्रसाद उपाध्यायको छोरा वर्ष १५ को सिद्दान्त उपाध्यायको चटयाङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी साविर हुसेनकी श्रीमती वर्ष २९ की कुलनेसा खातुन र वडा नं. ४ बस्ने भिखारी राउतको छोरा वर्ष १३ को अर्जुन राउत घाइते भएका छन् । घाइतेमध्ये कुलनेसाको अवस्था सामान्य छ भने अर्जुनको अवस्था गम्भीर छ । उनको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । यसैगरी पर्साको विन्दवासिनी गा.पा. वडा नं. ४ अमरपट्टि बस्ने वर्ष २६ को कुन्दन दास शौचालय जाने क्रममा चट्याङ लागी घाइते भएको प्रहरीले जनाएको छ । घाइते दासको उपचार नारायणी अस्पतालमा भइरहेको छ ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This