spot_img

पर्सामा करेन्ट लागेर दुईजनाको मृत्यु



वीरगंज, २५ असोज । पर्सामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । सोमवार साँझ साढे ६ बजे वीरगञ्ज म.न.पा. वडा नं. २६ बस्ने रामकिशोर प्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा धोबिनी गाउँँपालिका वडा नं. ३ हरिहरपुर बस्ने वर्ष ३० को सैफुल्ला अंसारी विद्युतको पोलको तारमा अचानक करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सुगौली विर्ताले मृतक सैफुल्ला अंसारीको शव नियन्त्रणमा लिई पोस्टमार्टमको लागि नारायणी अस्पताल पठाएको तथा घटनाको अनुसन्धान भइरहेको जनाएको छ । यसैगरी सोमवार मध्याह्न वीरगञ्ज महानगरपालिका वडा नं.०८ बसपार्क स्थित शत्रधुन सर्राफको घरको छाना सफा गर्ने क्रममा ज्यालादारीमा काम गर्ने एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर वीरगञ्ज महानगरपालिका वडा नं.९ रानिघाट बस्ने वर्ष ६० को ध्रुव प्रसाद साह घाइते भएपछि आसाराम अस्पतालमा वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिप्रका, पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर