More

    कटुवा पेस्तोल र चक्कुसहित यादव पक्राउ

    Must Read

    वीरगंज, २६ असोज । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले अवैध हातहतियार सहित एकजनालाई पक्राउ गरेको जनाएको छ । मङ्गलवार साँझ बाराको पचरौता नगरपालिका वडा नं. ९ तियर खोला पुलबाट पचरौता न.पा.वडा नं.८ बाजोपट्टी टोल बस्ने वर्ष २९ को अमर राय यादवलाई हतियारसहित पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ । उनले बोकेको प्लाष्टिकको बोराको झोला भित्र घरेलु कटुवा पेस्तोल थान–१ र चक्कु थान–१ बरामद भएपछि बारा जिल्ला अदालतबाट पहिलो पटक दिन पाँचको म्याद अनुमति लिई अनुसन्धान भइरहेको जिप्रका, बाराका प्रवक्ता प्रनाउ राजेश थापाले जानकारी गराएका छन् । जिल्लामा अपराधिक गतिविधि न्यूनिकरण गर्न तथा आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले बारा प्रहरीले अहिले चेकजाँचलाई तीब्रता दिएको प्रवक्ता थापाले बताए । सिमावर्ती भारतीय जिल्लाहरूबाट अवैध सानो हातहतियार नेपाल भित्रिन नदिन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको र उनीहरुको गोप्य सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This