More

    पर्सामा लहरीले ठक्कर दिंदा एकजनाको मृत्यु

    Must Read

    वीरगंज, २८ असोज । वीरगंज महानगरपालिका वडा न.२४ बहुअरीचोकस्थित सडकखण्डमा लहरीले ठक्कर दिंदा एकजना पैदल यात्रीको मृत्यु भएको छ । शुक्रवार बिहान १० बजे ड्राईपोर्टबाट परवानीपुर तर्फ जाँदै गरेको ना ३ ख ५७४३ नम्बरको खाली लहरीले बाटो काट्दै गरेको पैदल यात्री पोखरिया नगरपालिका वडा नं. १ वनकटुवा बस्ने वर्ष ६० को विगा रामलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका रामलाई प्रहरी चौकी सिर्सियाले उपचारको लागि नारायणी अस्पताल पठाएको थियो । नारायणी अस्पतालले घाइते रामलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्रहरीले लहरी र चालक वीरगञ्ज महानगरपालिका वडा नं.१९ बिन्दवासिनी बस्ने वर्ष २४ को सुजित यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This